जेन–जी अभियन्ता मिराज ढुङ्गानाको कार्यालयमा बुधबार साँझ आक्रमण भएको घटना सार्वजनिक भएको छ। ढुङ्गानाले सामाजिक सञ्जालमार्फत आफ्नो कार्यालयमा साँझ ६ बजे अज्ञात समूहले आक्रमण गरेको जानकारी दिएका छन्।
उनका अनुसार कार्यालयमा भएको घटनाका क्रममा महिला सदस्यहरूलाई समेत लक्षित गर्दै हातपात गरिएको छ। ‘हामीमाथि हाम्रो अफिसमा साँझ ६ बजे आक्रमण भयो’ ढुङ्गानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा महिला साथीसँग दुर्व्यवहार र हातपात समेत भयो। आखिर हामीलाई के गर्न खोजिएको हो?।’
घटनाबारे विस्तृत विवरण र आक्रमणकारीहरूको पहिचान खुल्न बाँकी रहेकाले कार्यालय पक्षले सुरक्षा निकायसँग आवश्यक कारबाहीको माग गरेको जनाएको छ। उक्त विषयमा प्रहरी पक्षले प्रारम्भिक अनुसन्धान सुरु गरिएको बताएको छ।
प्रकाशित: ४ मंसिर २०८२ ०८:५८ बिहीबार





