प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहट जिल्लाको क्षेत्र नम्बर ४ मा प्रारम्भिक मतगणनामा गणेश पौडेलले अग्रता लिएका छन्। गढिमाई नगरपालिकाका वडा नम्बर १ र ९ को कुल ३ हजार ६९ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलले १ हजार ९०८ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिनाले ५३६ मत प्राप्त गरेका छन्।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का राम कुमार भट्टराईले ३७८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का रामजी साहले ६० मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०८:०६ शुक्रबार





