६ मंसिर २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

उनले सार्वभौम समानता, आपसी विश्वास र एकअर्काको स्वाधीनताप्रतिको सम्मानका आधारमा हुने संवादले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

आजदेखि सुरु हुने भारत भ्रमणको सफलताको कामना गर्दै पराजुलीले प्रधानमन्त्री शाहसहित नेपाली प्रतिनिधिमण्डललाई हार्दिक शुभकामना दिएका छन्।

प्रकाशित: ६ मंसिर २०८३ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App