नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जाने भएका छन्।
प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न र उनीहरूसँग अन्तरक्रिया गर्न विज्ञ टोलीसहित थापा आज पुनः फिल्डमा जाने भएका हुन्।
थापाले बाढीबाट प्रभावित स्थानीयको समस्या, पुनःस्थापना तथा पुनर्निर्माणको अवस्था र उनीहरूका सुझाव तथा गुनासा सुन्ने छन्।
प्रकाशित: ६ मंसिर २०८३ ०८:५१ आइतबार

