४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गणेश कार्की भन्छन्: सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले रूपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा। लेखजंग थापामाथि भइरहेको विवादबारे अभिव्यक्ति दिएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कार्कीले उम्मेदवार छनोट प्रक्रियामा ध्यान पुर्‍याउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

उनले फेसबुकमा लेखको छन्, ‘उम्मेदवार छनौटको प्रक्रियालाई सकेसम्म लोकतान्त्रिक र प्रतिस्पर्धी बनाउनेमा पार्टीले परिश्रम गरिरहेको छ । त्यसमा निखार आयो भने रास्वपालाई मात्र होइन, नेपालको राजनीतिलाई नै सकारात्मक प्रभाव पार्नेछ । सोप्रति पनि ध्यान पुर्‍याउन आग्रह गर्छु ।'

यसपटक आफू अलग्गै रहेर उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरिरहेको र प्रक्रियामा कुनै त्रुटि भएको जस्तो उनको बुझाइ छ ।

‘यद्यपि केही कमजोरी भएका हुन सक्छन्, जसको छानबिन र निष्कर्ष आवश्यक छ । पहिलेको समानुपातिक सांसद छनौटको विवाद पनि समाधानमा पुगेन, जुनबेला बेला भिन्न स्वरूपमा कच्पल्टिरहन्छ’, उनले लेखेका छन्, ‘यसले नयाँ प्रणाली निर्माणमा शंका बढाउँछ । त्रुटि हुने वा भएको आशङ्का हुने तर त्यसको निरूपण नहुने हो भने ती थुप्रिँदै गएर थामी नसक्नुका बन्छन् ।’

यस्तै रास्वपाबाट छानिएका उम्मेदवार डा। लेखजंग थापाको बहुविवाहको विषयमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चैँ अहिले पनि सुमधुर रहेको भन्ने जानकारी प्राप्त गरेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्,'बहुविवाहका सन्दर्भमा पहिलेको श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चैँ अहिले पनि सुमधुर रहेको भन्ने जानकारी प्राप्त गरेको छु । कानूनीरूपमा सम्बन्ध विच्छेद भएको भए अन्य त व्यक्तिगत र पारिवारिक सन्दर्भको विषय भइहाल्यो । एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहँदैन भन्ने मानेको छु ।'

प्रकाशित: १६ भाद्र २०८२ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App