नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई आज केन्द्रीय कार्यालय सानेपाबाट जवाफ फर्काउने भएका छन्।
करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकलाई सम्बोधन गर्दै उनले जवाफ फर्काउन लागेका हुन्। आज अराह्न ४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने जनाइएको छ।
उनले आजको बैठकमा देउवा पक्षको भेलामा आफूविरुद्ध उठाइएको प्रश्नको जवाफ दिने छन्। आइतबार एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने गगनले बताएका थिए।
उनले देउवा समूहको भेलालाई लक्षित गर्दै पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको समेत टिप्पणी गरेका थिए।
उनले भनेकाथिए, ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु। मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो।’
काठमाडौंमा सम्पन्न कांग्रेस इतर समूहको तीन दिने भेलामा अधिकांश नेताहरूले सभापति गगन थापाको चर्को आलोचना गरेका थिए।
प्रकाशित: १ भाद्र २०८३ ११:४१ सोमबार


-600x400.jpg)


