१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

बालेनलाई गगनको चेतावनी- कानुनलाई ‘अस्त्र’ बनाए आफैं खनेको खाल्डोमा परिन्छ

क्याप्शन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विधिको शासन पालना गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सचेत गराएका छन्।

कानुनलाई आफ्नो स्वार्थअनुकूल औजार (टुल) का रूपमा प्रयोग गर्न खोजे अन्ततः आफैँ खनेको खाल्डोमा परिने भन्दै उनले प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन्।

सोमबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री शाहलाई ‘विधिको शासन’ (रुल अफ ल) र ‘कानुनद्वारा शासन’ (रुल बाइ ल) बीचको तात्विक भिन्नता बुझ्न आग्रह गरे।

विधिको शासन आत्मसात् गरे मात्रै अपेक्षित नतिजा आउने उल्लेख गर्दै उनले कानुनलाई स्वार्थपूर्तिको माध्यम नबनाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए।

‘प्रधानमन्त्रीजीले यो कुरा बुझ्नुहोस् भन्ने हाम्रो आग्रह छ, ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ सुन्दा एउटै सुनिन्छ, तर यो फरक कुरा हो,’ थापाले भने, ‘विधिको शासनलाई प्रधानमन्त्रीले समात्नुभयो भने अपेक्षित नतिजा पाउनुहुन्छ। तर विधिको शासन होइन, कानुनलाई टुलको रूपमा प्रयोग गर्छु भन्ने सोचाइ राख्नुभयो भने त्यसमा खनिएको खाल्डोमा अन्ततः तपाईं आफैँ पर्नुहुन्छ।’

प्रकाशित: १ भाद्र २०८३ १८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App