४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन–जी आन्दोलनका चार शहीदको अन्त्येष्टि, छ जनाको शव गृहजिल्ला पठाइँदै

जेन–जी आन्दोलनका क्रममा घाइते भएर त्रिवि शिक्षण अस्पतालमा ज्यान गुमाएका चार जनाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शिक्षण अस्पताबाट शवयात्रा निकालेर राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो।  

शवयात्रामा गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ पनि सरिक थिए। दुवै जनाले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओडाएका थिए।  

यस्तै शिक्षण अस्पतालमै ज्यान गुमाएका थप ६ जनाको शव हेलिप्टरबाट काठमाडौंबाहिर पठाउने तयारी छ।  

प्रकाशित: ३१ भाद्र २०८२ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App