राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले अबदेखि आफूलाई थप भद्र, अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
संसद् र बाहिर आफ्ना अभिव्यक्ति तथा आक्रामक शैलीलाई लिएर सार्वजनिक आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन्।
सामाजिक सञ्जालमा छोटो स्टाटस लेख्दै सांसद तामाङले भनिन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’
पछिल्ला केही दिनयता प्रतिनिधिसभा बैठकमा मन्त्रीको जवाफप्रति विरोध जनाउँदै बैठक छाडेर हिँडेको र त्यसपछि सञ्चारकर्मीहरूसँग दिएको अभिव्यक्तिका कारण उनी विवाद र चर्चामा थिइन्।
आफ्नो कार्यशैली र प्रस्तुतिलाई लिएर पार्टीभित्र तथा बाहिर टीकाटिप्पणी भएपछि उनले आत्मालोचनासहित आगामी दिनमा संयमित र मर्यादित भूमिका निर्वाह गर्ने बताएकी हुन्।
प्रकाशित: ३ भाद्र २०८३ २१:४० बुधबार





