१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट भौतिक पूर्वाधार मन्त्रीमा जीवन आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गम्बु शेर्पा, सामाजिक विकास मन्त्रीमा गीता तिम्सिना, पर्यटन वन तथा वातावरण मन्त्रीमा खिनुलङ्वा लिम्बु नियुक्त भएकी थिइन्।

सपना दर्जी भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्। यस्तै एमालेबाट सरकारमा रहेका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीको पनि जिम्मेवारी हेरफेर भएको छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाली रहेका रामप्रसाद महतोलाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

कोशी प्रदेशमा नेकपालाई सरकारमा सहभागी हुन ४ वटा मन्त्रालय दिने सहमति भएको थियो। दुई दलबिच   एमालेलाई मुख्यमन्त्रीसहित ५ र नेकपालाई ४ वटा मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको थियो। 

प्रकाशित: १ भाद्र २०८३ १६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App