७ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपाका पूर्वनगर सभापति कांग्रेस प्रवेश, गगनले गरे स्वागत

रास्वपाका पूर्वनगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

रास्वपा हरिवन नगर, सर्लाहीका पूर्वनगर सभापति न्यौपानेलाई कांग्रेस सभापति गगन थापाले पार्टीमा प्रवेश गराएका हुन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति थापाले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश गरेपछि न्यौपानेले लोकतान्त्रिक पार्टीमा आबद्ध हुन पाएको भन्दै खुसी व्यक्त गर्दै आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाए।

यस्तै, सभापति थापाले न्यौपानेलाई पार्टीमा सक्रिय भएर काम गर्न आग्रह गर्दै उनको प्रवेशले सर्लाहीमा कांग्रेसको सङ्गठन विस्तारमा सघाउ पुग्ने बताए।

प्रकाशित: ७ भाद्र २०८३ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App