राजधानीमा सम्पन्न १९औँ संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ को उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शाक्यले मुख्य उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरिन्। उनले गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जित्दै थप १० हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। फस्ट रनर्सअप सारिकाले ५० हजार तथा सेकेन्ड रनर्सअप जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन्। हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप भए।
करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। सोही विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने।
दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस र प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते। कञ्चनजंघा अगरबत्ती मिस कल्चरको उपाधि शिक्षा महर्जनले नगद १० हजार रुपैयाँसहित जितिन्। बेलाभिटा मिस पर्सनालिटीको उपाधि निश्ला महर्जनले नगद १० हजार रुपैयाँसहित प्राप्त गरिन्।
श्री केश बेस्ट हेयरको उपाधि कलशा अवालेले नगद १० हजार रुपैयाँसहित जितिन्। बेस्ट स्किन दृष्टि महर्जन, तस्बिर मिस फोटोजेनिक सारिका महर्जन, मिस स्माइल अनुष्का नाकर्मी, मिस चार्मिङ सोनिया महर्जन र मिस फ्रेन्डसिपको उपाधि रेजिना बज्राचार्यले प्राप्त गरे।
प्रकाशित: ७ भाद्र २०८३ १३:४४ आइतबार





