१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारी विज्ञापन रोक्ने निर्णयप्रति पूर्व प्रेस काउन्सिल अध्यक्ष बस्नेतको आपत्ति

पूर्व प्रेस काउन्सिल नेपाल का अध्यक्ष बालकृष्ण बस्नेतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो निर्णयलाई “मिडियामाथि छुरा प्रहार” भएको टिप्पणी गरेका छन्।

बस्नेतका अनुसार उक्त कदमले देशभरका सयौं पत्रपत्रिका, सामुदायिक रेडियो तथा अनलाइन मिडियालाई प्रत्यक्ष असर पार्नेछ र आर्थिक नाकाबन्दी जस्तै स्थिति सिर्जना गर्नेछ। उनले सरकारलाई मिडिया क्षेत्रको अभिभावकको भूमिकामा रहनुपर्ने उल्लेख गर्दै, विज्ञापन व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

उनले थपे, “विज्ञापनमा रहेका विकृति र भ्रष्टाचार नियन्त्रण गर्न सुधार आवश्यक थियो, तर विज्ञापन नै रोक्नु समाधान होइन।” बस्नेतले निर्णय तत्काल बदर गरी मिडियाको अस्तित्व जोगाउनेतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

उनका अनुसार मिडिया बलियो हुँदा मात्र सरकारलाई जिम्मेवार बनाउन सकिन्छ र नागरिकको आवाज जीवित रहन्छ।

प्रकाशित: १९ चैत्र २०८२ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App