२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगिन पूर्वराष्ट्रपति भण्डारी

सोधिन- स्वास्थ्य अवस्था

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका घाइतेलाई भेटेकी छन् ।  

उनले अस्पताल पुगेको घाइतेलाई भेटेकी हुन् । नेपाल प्रहरी अस्पताल पुगेकी पूर्वराष्ट्रपति भण्डारीले घाइतेको अवस्था, उपचारलगायतका विषयमा चासो राख्दै बिरामीलाई सोधेकी थिइन् ।

अस्पतालमा भेटिएका चिकित्सकलाई पनि बिरामीको उपचार र अवस्थाका बारेका जिज्ञासा राखेकी थिइन ।  उनले कुनै कसर बाँकी नराकी उपचार गर्न पनि चिकित्सकलाई आग्रह गरेकी छन् ।

भदौ २३ र २४ गते जेन-जी प्रदर्शनका क्रममा भएको घटनामा ७४ जनाले ज्यान गुमाएका छन् भने घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनपछि विकसित घटनाक्रमसँगै अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गर्दै मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने घोषणा गरेको छ भने अन्य खर्चबापत पाँच लाख गरी १५ लाख रुपैयाँ राहतको घोषणा गरेको छ ।  

त्यस्तै घाइतेको सम्पूर्ण उपचार सरकारले नै गर्ने निर्णय गरेको छ।

प्रकाशित: ३ आश्विन २०८२ १७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App