२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नेविसंघका पूर्वपदाधिकारीद्वारा नियमित अधिवेशनकाे माग

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरुले पार्टीको नियमित महाधिवेशनको माग गरेका छन्। पार्टी केन्द्रीय समितिको पूर्वसन्ध्यामा सोमबार मुख्यसचिवमार्फत ज्ञापनपत्र बुुझाउँदै रञ्जित कर्ण, दीपक भट्टराई,सरोज थापासहितका नेताहरुले नियमित महाधिवेशनले मात्र पार्टीका सबै तहमा युवाको सहभागिता सुनिश्चिता हुने दाबी गरेका हुुन्।

पार्टी पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको नियमित महाधिवेशन मात्रै भएको उनीहरुले जिकिर गरेका छन्। 

सभापति देउवा नेतृत्वको कार्यसमितिको अवधि यही मंसिरमा सकिने हुँदा थप गर्न नहुने जनाउँदै उनीहरुले जेनजी युवाहरूको भावना अनुरुप सुशासन, पारदर्शिता र भष्ट्राचारमा शुन्य सहनशीलताको मुद्दालाई  पार्टीले गम्भीरता पूर्वक लिनुपर्ने उल्लेख गरेका छन्। २०४६ पछि सत्ता नेतृत्वमा पुुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने पनि जनाएका छन्। 

कांग्रेसले महाधिवेशनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न मंगलबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। त्यसअघि पदाधिकारी र पूर्व पदाधिकारीबिच परार्मश बैठक नसकिएको जनाउँदै आइतबारका लागि बोलाइएको बैठक सारिएको हो। 

प्रकाशित: २७ आश्विन २०८२ १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App