१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्वमन्त्री खड्का पक्राउ प्रकरण : पक्राउ पुर्जीमा के छ ?

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई निवासबाट बरामद भएको रकम सम्बन्धी अनुसन्धानका लागि आइतबार बिहान पक्राउ गरिएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिएका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। 

गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए। सोही घटनासँग सम्बन्धित रकमको स्रोतबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो। 

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान अघि बढाएको थियो। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।  

प्रकाशित: १५ चैत्र २०८२ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App