स्थानीय बजारमा आज (आइतबार) सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई लाख ८६ हजार रुपैयाँ पुगेको छ।
यसअघि छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्यमा पाँच हजार रुपैयाँको वृद्धि भएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ७२० रुपैयाँ कायम भएको छ। यसअघि चाँदीको मूल्य चार हजार ६७० रुपैयाँ थियो। यसरी चाँदीको मूल्यमा ५० रुपैयाँ बढेको छ।
प्रकाशित: १५ चैत्र २०८२ ११:०७ आइतबार





