२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

पूर्व माओवादी नेता भन्छन्: कम्युनिस्ट आन्दोलन अघि बढाउनसक्ने नेता ओली मात्रै

पूर्व माओवादी नेता लेखराज भट्टले नेपालको कम्युनिस्ट आन्दोलन अब केपी शर्मा ओलीले मात्रै अगाडि बढाउनसक्ने बताएका छन्। नेकपा एमालेमा ओलीको विकल्पमा पूर्व राष्ट्रपति विद्या भण्डारीको चर्चा चलिरहेका बेला पार्टी सचिव समेत रहेका भट्टले यस्तो बताएका हुन्।  

‘नेपालको कम्युनिस्ट आन्दोलनलाई अब अगाडि बढाउनसक्ने नेता पनि ओली मात्रै हो,’ एमालेनिकट प्रेस चौतारीले धनगढीमा आयोजना गरेको कार्यक्रममा भट्टले भने, ‘राष्ट्रियताको लागि दह्रोसँग उभिने व्यक्ति कोही छ भने केपी ओली मात्रै हो।’

आफूले ओलीलाई त्यसरी बुझेकै कारण नेकपा विभाजनका बेला माओवादी केन्द्र छाडेर एमालेमा लागेको भट्टले बताए। उनले भने, ‘कुनै पनि व्यक्ति जबसम्म कन्भिन्स हुँदैन, तबसम्म उसले समर्थन गर्दैन।’ स्वार्थ भन्ने कुरा क्षणिक हुने उनले बताए।  

‘हाम्रो नेतृत्व(ओली) टाढाको हेर्नुहुन्छ। केपी ओली कञ्चनपुर, कैलाली उभिएर काठमाडौंदेखि मेचीसम्म देख्नुहुन्छ। मैले नारायणघाटसम्म देख्छु, धेरै देखे काठमाडौंसम्म देख्छु,’ उनले भने। छोटो दृष्टि भएकाले ओलीलाई नबुझ्ने पनि उनले बताए।  

अहिले ओलीका पक्षमा यसरी खुलेर बोल्ने भट्ट कुनै समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र थिए।  

प्रकाशित: २३ श्रावण २०८२ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App