२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाका नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एक महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार तथा गालीगलौज गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार नियन्त्रणमा लिएको हो।

साइबर ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरुद्ध सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरी आफूलाई हैरानी दिएको भन्दै जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा जिल्ला अदालत, काठमाडौंबाट बुधबार पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरीका अनुसार, उजुरी दर्ता भएपछि र पक्राउ पुर्जी जारी भएपछि पाँडे बुधबार साँझ आफैं साइबर ब्युरोमा उपस्थित भएका थिए।

ब्युरोले बुधबार नै म्याद थपका लागि अदालतमा प्रस्तुत गर्ने तयारी गरे पनि समय अभावका कारण बिहीबार मात्र उपस्थित गराइने जनाएको छ।

वातावरणविद्का रूपमा परिचित डा. पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए।

रास्वपा सरकारमा सहभागी हुँदा उनी २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए।

प्रकाशित: ११ भाद्र २०८२ २१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App