१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पूर्व राजा ज्ञानेन्द्रको दाबी: हामीले नारायणीहिटी छाडेपछि देश संकटमा फस्यो

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी छाडेपछि देश संकटमा पुगेको दाबी गरेका छन्। पुस २७ गतेको राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा भिडिओ सन्देशमा बोल्दै पूर्व राजा शाहले यस्तो दाबी गरेका हुन्। 

‘नारायणहिटी राजदरबार हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको सङ्कटले हामीलाई चिन्तित तुल्याएको छ,’ पूर्व राजा शाहले भने, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ त्यति बेला दलहरूले देशको समृद्धिको जिम्मा लिएका कारण आफूले जनताको नासो जनतालाई सुरक्षित दिएको पनि दाबी गरेका छन्। 

उनले भाषण, जादु र चमत्कारले देश नबन्ने पनि बताए। यस्तै सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था रहेको पनि उनले दाबी गरे। ‘सबै नेपालीले यो कर्तव्य बोध गरी पृथ्वी पथमा लाग्नुपर्छ भन्ने हाम्रो धारणा र आह्वान छ,’ पूर्व राजा शाहले भनेका छन्।

प्रकाशित: २६ पुस २०८२ १६:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App