पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले बाराको निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
समुन्नत नेपाल पार्टीका सभापतिसमेत रहेका खनालले निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
समुन्नत नेपाल पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय परिवर्तन पार्टीसँग एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित: ६ माघ २०८२ १६:५८ मंगलबार





