१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस पूर्वउपसभापति निधि भन्छन् : मंसिरमा महाधिवेशन सम्भव छैन

फाइल तस्बिर

कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिले आम निर्वाचन र पार्टीको महाधिवेशनको तयारी एकैसाथ गर्न नसकिने बताउँछन्। लिकबाहिर गएको संविधान र संवैधानिक प्रक्रियालाई ठिक ठाउँमा ल्याउन पार्टीले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने निधि बताउँछन्।  

‘मंसिरमा महाधिवेशन सम्भव छैन,’ निधि भन्छन्, ‘आम निर्वाचनलगत्तै पार्टीको महाधिवेशन गर्नुपर्छ।’ पार्टीभित्र बृहत् एकता कायम गरेर निर्वाचनमा जुट्नुबाहेक कांग्रेससँग अर्को विकल्प नभएको जनाउँदै उनले थपे, ‘द्वन्द्व बढाउने होइन, मुलुकलाई निकास दिन एकताबद्ध भएर अघि बढ्नुपर्छ।’

प्रकाशित: ११ कार्तिक २०८२ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App