४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

ओली, लेखकसहित पाँच जनाको विदेश यात्रामा रोक, काठमाडौंबाहिर जान स्वीकृति लिनुपर्ने

जेन–जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई अनुसन्धानमा तानेको छ। जाँचबुझ आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई अनुसन्धानमा तानेको हो।  

अनुसन्धानमा तानेपछि आयोगले पाँचै जनाको विदेश भ्रमणमा पनि रोक लगाएको छ। यस्तै छानबिनका लागि जुनसुकै बेला पनि उपस्थित हुनुपर्ने भन्दै आयोगको स्वीकृतिबेगर काठमाडौं नछाड्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ।  

प्रकाशित: १२ आश्विन २०८२ १८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App