३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

खर्च कटौती प्रस्ताव फिर्ता लिन परराष्ट्रमन्त्री खनालको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयका काम  संवेदनशील प्रकृतिका भएकाले मन्त्रालयको बजेट तथा खर्च कटौतीसम्बन्धी प्रस्ताव फिर्ता लिन सांसदहरूलाई आग्रह गरेका छन्।  

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हकहित संरक्षण तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन मन्त्रालयले भूमिका निर्वाह गरिरहेको बताए।  

उनले समस्यामा परेका नेपाली नागरिकलाई सहायता तथा उद्धार गर्ने, विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने लगायतका कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।  

‘ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हकहित तथा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीका लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा शव झिकाउने विषयलाई हामीले प्राथमिकतामा राखी काम गर्नुपर्ने भएकाले माननीयज्यूहरूले राख्नुभएको खर्च कटौतीको प्रस्ताव फिर्ता लिइदिन अनुरोध गर्दछु,’ मन्त्री खनालले भने। 

प्रकाशित: ४ असार २०८३ १७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App