२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

हिरासतमा रहेका ९ नेपालीलाई रिहा गर्न युक्रेन सरकारसँग परराष्ट्रमन्त्री खनालको आग्रह

परराष्ट्रमन्त्री शिशिर खनालले युक्रेनी हिरासतमा रहेका ९ जना नेपालीलाई रिहा गर्न आग्रह गरेका छन्। 

बिहीबार युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोनमा कुरा गर्दै उनले हिरासतमा रहेका ९ जना नेपाली नागरिकलाई रिहा गर्न आग्रह गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।  

मन्त्री खनालले नेपाल सरकारले परम्परागत समझदारी भएका देशबाहेक कुनै पनि देशको सेनामा नेपाली नागरिकको भर्ती अनुमति नदिने भन्दै मानवीय आधारमा युक्रेनको हिरासतमा रहेका ९ नेपालीलाई मानवीय आधारमा स्वदेश फर्काउन सहयोग गरिदिन आग्रह गरेका थिए।  

जवाफमा मन्त्री सिबिहाले यस विषयमा छलफल गर्न युक्रेन तयार रहेको बताएका परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुवै मन्त्रीले नेपाल–युक्रेन सम्बन्ध र युक्रेनमा युद्धबन्दी बनाइएको नेपालीका अवस्थाबारे छलफल गरेका थिए।  

प्रकाशित: १७ वैशाख २०८३ १८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App