६ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

पोर्चुगलका समकक्षीसँग परराष्ट्रमन्त्री खनालको भेट

न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका राज्य तथा परराष्ट्रमन्त्री पाउलो राङ्गेलबिच द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा ८१औं महासभाको अवसरमा भएको भेटमा नेपाल र पोर्चुगलबिच बढ्दो मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धप्रति दुवै पक्षले खुशी व्यक्त गरेका छन्।

भेटमा आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र मजबुत बनाउने उपायबारे पनि छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जानकारी दिएको छ।

प्रकाशित: ६ आश्विन २०८३ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App