२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

भारत पुगे परराष्ट्रमन्त्री खनाल, अतिरिक्त सचिवले गरे स्वागत

परराष्ट्रमन्त्री शिशिर खनाल भारत पुगेका छन्।

मन्त्री खनाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव (प्रमुख) मनु महावरले स्वागत गरे।

भारतीय विदेशमन्त्री डा. एसं जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल तीन दिने भ्रमणको लागि भारत गएका हुन्।

नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभिुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालले भारतमा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित रहेर छलफल हुने बताएका थिए।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०८३ १७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App