६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौं, चितवन र झापासहित देशका विभिन्न पाँच स्थानमा पाँच जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै जिल्लामा उनीहरू मृत भेटिएका हुन्।

काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित झाडीमा शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ३५ वर्षका देखिने ती मृतकको नाम, थर र ठेगाना अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा शनिबार एक वृद्धको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–६ सरस्वती नगर बस्ने ५९ वर्षीय वामदेव शर्मा अधिकारीको शव फेला परेको हो।

कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित अछाम होटलमा बैतडी पाटन नगरपालिका–३ का ४० वर्षीय भुवन प्रसाद भट्ट शनिबार मृत फेला परेका छन्।

यस्तै, झापाको बिर्तामोड महानगरपालिका–१ स्थित लिंकन कलेज पछाडिको बाँसघारीमा कनकाई नगरपालिका–३ का ३५ वर्षीय अशोक कँडेल मृत फेला परेका छन्।

बर्दियामा पनि एक युवकको शव फेला परेको छ। गुलरिया नगरपालिका–५ बालापुरका ३६ वर्षीय राज कुमार थारू सोही नगरपालिकाको बाधापुरवास्थित भादा नदी किनारमा शनिबार मृत फेला परेका हुन्।

फेला परेका सबै शवहरूको सम्बन्धमा प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रकाशित: ३० जेष्ठ २०८३ १७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App