१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

संसद्काे पहिलो अधिवेशन भोलिबाट : गृहमन्त्री गुरुङले तीन अध्यायदेश पेश गर्ने

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो अधिवेशन भोलि (बिहीबार) बाट सुरु हुँदैछ। भोलि दिउँसो २ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद् सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार भोलि बैठकको प्रारम्भमा सभामुखको हैसियतमा सदनका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।  

त्यसैगरी राष्ट्रपतिबाटै प्राप्त प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ। कार्यसूचीअनुसार ‘प्रतिनिधि सभा नियमावली, २०७९’ अन्तर्गत सभा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। 

 

प्रकाशित: १८ चैत्र २०८२ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App