प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो १ बजे संसद् भवनमा बस्ने गरी बोलाइएको संसद सचिवालयले जनाएको छ।
सभामुखमा रास्वपाका उपसभापति तथा काठमाडौं क्षेत्र नम्बर ९ का सांसद डिपी अर्याल नियुक्त भएपछिको यो पहिलो बैठक हो ।
अर्यालले आज सभामुखका रुपमा संसद्मा काम गर्ने छन् ।
सभामुख अर्यालले आजै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग छलफल गरेका छन् । सभामुख चयन भएसँगै संसदका आगामी कार्यसूचीलगायतका विषयमा अर्यालले सबै दलसँग छलफल गरेका हुन् ।
सर्वदलीय बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन र प्रतिनिधि सभा नियमावली परिमार्जन समिति गठनबारे छलफलको योजना रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित: २३ चैत्र २०८२ १२:३४ सोमबार





