अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमण गर्न विश्व समुदायलाई आग्रह गरेका छन्।
अमेरिका भ्रमणमा रहेका उनले बिहीबार विश्व बैंक समूहले आयोजना गरेको ‘दिगो पर्यटन: रोजगारी, जीवनयापन र आर्थिक वृद्धिका लागि’ विषयक छलफल कार्यक्रममा भाग लिँदै यो धारणा राखेका हुन्।
कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सधैँ न्यानो आतिथ्यता र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता थियो।
प्रकाशित: ३१ आश्विन २०८२ ०७:५१ शुक्रबार





