२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिए जवाफ, संसद्मा एमालेको आपत्ति

प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने बजेटसम्बन्धी प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएपछि संसद्मा नेकपा एमालेले नियमापत्ति जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय तथा रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिन लागेपछि एमाले सांसद गुरुप्रसाद बरालले यस्तो अभ्यास संसदीय परम्पराविपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।

तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयबाट अर्थमन्त्रीलाई जवाफ दिन अख्तियारीसहित पत्र प्राप्त भएको भन्दै नियमापत्तिलाई अस्वीकार गरे । त्यसपछि अर्थमन्त्री वाग्लेले सम्बन्धित मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका छन् ।

प्रकाशित: ४ असार २०८३ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App