१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

अन्तिम मतदाता नामावली सार्वजनिक : १ करोड ८९ लाख मतदाता

फाइल तस्बिर।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।

आयोगको शनिबार बसेको बैठकले अन्तिम नामावली स्वीकृत गर्दै विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार यस पटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्न पाउनेछन्।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरी यो नामावली तयार पारिएको हो।

२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तुलनामा यस पटक ९ लाख १५ हजार ११९ जना नयाँ मतदाता थपिएका छन्। २०७९ मा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जना थिए।

बितेको तीन वर्षमा पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला ३ लाख ९२ हजार ५५२ र अन्य १५ जनाले बढेको आयोगले जनाएको छ।

मतदाता सङ्ख्या बढेसँगै आयोगले मतदान स्थल र केन्द्रहरूको सङ्ख्या पनि बढाएको छ। आगामी निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

यो अघिल्लो निर्वाचनको तुलनामा मतदान स्थल ७५ वटा र मतदान केन्द्र ८८५ वटाले बढी हो।

आयोगले अन्तिम मतदाता नामावली आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशन गरेको छ। यहाँ क्लिक गरेर मतदाताले आफ्नो नाम र विवरण हेर्न सक्नेछन्।

प्रकाशित: १२ पुस २०८२ १८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App