संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान बुधबार रुपन्देही हुने भएको छ।
मोर्चाले विभिन्न ८ स्थानमा गर्न लागेको जनजागरण अभियानअन्तर्गत भोलि रुपन्देहीमा कार्यक्रमको आयोजना हुन लागेको मोर्चाको एक घटक दल जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।
सियारी २ स्थित सियारी गाउँपालिकाको सभाहलमा हुन लागेको उक्त कार्यक्रमको आयोजक नागरिक उन्मुक्ति पार्टी रहेको छ। यस अघि मोर्चाले काठमाण्डौंमा जनजागरण अभियान गरेको थियो।
जनजागरण अभियानमार्फत मोर्चा गठनको आवश्यकता र औचित्यबारे मोर्चामा आवद्ध दलका मुख्य नेताहरुले प्रष्ट पार्ने बताइएको छ। मोर्चामा मधेशकेन्द्रित ७ दल रहेका छन्।
प्रकाशित: २० श्रावण २०८२ २०:४० मंगलबार





