सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन्।
पहिलो बैठक वैशाख १७ मा बस्नेगरी सभाको बजेट अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश प्रमुखको अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त भएपछि सचिवालयले सांसदहरुलाई वैशाख १७ गते दिउँसो ४ बजे बैठक बस्ने जानकारी गराएको छ।
प्रकाशित: १४ वैशाख २०८३ १७:०७ सोमबार





