२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेलबाट भाग्दा ज्यान गुम्नेका परिवारले आर्थिक सहायता नपाउने

सरकारले जेन-जी प्रदर्शनका क्रममा ज्यान गुमेका परिवारलाई पनि आर्थिक सहायता दिन वर्गीकरण गरेको छ । जेन-जी प्रदर्शन ज्यान गुमेमध्ये भागेका कैदीबन्दी र बालबन्दीले आर्थिक सहायता नपाउने भएका छन् ।  

सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गर्दै आर्थिक सहायता र अन्य खर्च दिने निर्णय गरे पनि कारागारबाट भाग्ने क्रममा मृत्यु भएका र बालबन्दीलाई भने यो सूचीमा राखेको छैन ।  

यसअघिको मन्त्रिपरिषदको निर्णयले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा ज्यान गुमाएकालाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता र काजकिरिया खर्च, खाना खर्च र यातायात खर्च वापत पाँच लाख रुपैयाँका दरले प्रति परिवार १५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।  

जेन-जी प्रदर्शनको मौका पारी देशभरका धेरै कारागारबाट कैदीबन्दी भागेका थिए । भागेका मध्ये धेरै कारागार नै फर्किएका छन् भने अझै बेपत्ता भएकाको खोजी जारी रहेको छ ।

प्रकाशित: १० आश्विन २०८२ १६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App