फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता सुरु हुँदैछ। दलहरूले उम्मेदवार घोषणा गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका सबै १० क्षेत्र नम्बरमा उम्मेदवार घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार क्षेत्र नम्बर १ मा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित क्षेत्र नम्बर २ मा कुन्ती पोखरेल, क्षेत्र नम्बर ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा अधिवक्ता सुरेन्द्र भण्डारी रहेका छन्।
त्यस्तै, क्षेत्र नम्बर ५ मा कमल थापा, क्षेत्र नम्बर ६ मा उद्धवराज भेटवाल, क्षेत्र नम्बर ७ मा लालकुमार लामा, क्षेत्र नम्बर ८ मा नवीन शाही, क्षेत्र नम्बर ९ मा दिलीप कार्की र क्षेत्र नम्बर १० मा बलराम थापालाई उम्मेदवार बनाइएको छ।
अध्यक्ष लिङ्देनले भनेका छन्, ‘राप्रपाका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मत दिएर देश बचाउने र बनाउने राप्रपाको अभियानमा साथ दिन हार्दिक अपिल गर्दछु।’
प्रकाशित: ६ माघ २०८२ ०८:४१ मंगलबार





