१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

फागुन २१ को चुनाव ‘हनी ट्र्याप’, ठुला दल भ्रममा पर्नुहुन्न: बादल

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनलाई ‘हनी ट्रयापिङ’को संज्ञा दिएका छन्। शनिबार चितवनमा आयोजित एमालेको सभालाई सम्बोधन गर्दै बादलले अन्तरिम सरकारबाट घोषित निर्वाचनलाई ‘प्रतिक्रान्तिलाई वैधता दिने हनी ट्रयापिङ’को नाम दिएका हुन्।

यस्तो निर्वाचनलाई एमाले र नेपाली कांग्रेस जस्ता ठुला दलले महत्त्व दिन नहुने पनि उनले बताए। 

‘विदेशी शक्तिले नेपालका स्रोत साधनहरू कब्जा गर्न, चीन र भारत जस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन र नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्न षड्यन्त्र रचेर भदौ २३ र २४ को कलर रिभोलुसन गराएको हो,’ बादलले भने। 

विदेशी शक्तिले त्यसैका लागि काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) रास्वपाका सभापति रवि लामिछाने जस्ता व्यक्ति खडा गरेको पनि उनले आरोप लगाए। उनले अगाडी भने, ‘विदेशीले त्यसका लागि बालेन र रविजस्ता कठपुतली जेलेन्स्कीहरू तयार पार्न खोजेका छन्।’ 

प्रकाशित: २९ कार्तिक २०८२ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App