२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

‘कार्यालय जले पनि हाम्रो इच्छाशक्ति कहिल्यै मर्दैन’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले इच्छाशक्ति थप मजबुद बनाएर अघि बढ्ने बताएका छन् ।  

संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कार्यालय डढेर खरानी भए पनि इच्छाशक्ति नमरेको बताए ।  

उनले कार्यक्रममा भने, ‘यो चुनौती देखेर आत्तिनु र हताश हुनुपर्दैन । यो चुनौती सामना गरेर नेकपा एमाले फेरि अगाडी बढ्छ । हाम्रो कार्यालय डढेर खरानी भयो । तर हाम्रो इच्छाशक्ति मरेको छैन । हाम्रो इच्छाशक्ति कहिले मर्ने छैन ।’

मुलुकले यतिबेला एउटा दुर्भाग्यपूर्ण घटना व्यहोर्नु परेकोमा दुख व्यक्त गर्दै पोखरेलले एमालेका नेतादेखि कार्यकर्तासम्म कहिले पनि विचलित नहुने उनले जिकिर गरे ।

उनले भने, ‘हामी यो ठाउँमा शान्त ठाउँमा ढुङ्गा चलाए जसरी आएका होइनौँ । हामीले प्रत्येक कालखण्डमा चुनौतीहरूको सामना गर्‍यौँ । ती चुनौतीहरू कतिपय हाम्रा आफ्नै कमजोरीका कारण थिए भने त्यससँगै बाहिरी विरोधी शत्रु र बैरीहरूले खडा समेत गरेका थिए । ती सबै चुनौतीहरूको सामना गरेर नेकपा एमाले एउटा गौरवशाली रुपमा अगाडी आइपुगेको हो ।’

प्रकाशित: ३ आश्विन २०८२ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App