२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

नयाँ सरकारसँग काम गर्न ईयु तयार

अर्थमन्त्री रामेश्वर खनालसँग विभिन्न देशका राजदूतहरूले भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपालका लागि यूरोपियन यूनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपालका लागि जर्मनीका राजदूत उडो इयुगेन भोल्ज र नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का तथा नेपालस्थित फ्रान्स राजदूतावासका प्रतिनिधिले भेटवार्ता गरेका हुन् ।  

भेटमा उनीहरुले नेपालमा हालै भएको राजनीतिक पछि पनि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको अर्थमन्त्रालयले जनाएको छ । उनीहरूले नेपालको विकास प्रक्रियामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।  

अर्थमन्त्री खनालले ईयू नेपालको असल मित्र भएको र नेपालको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद ब्यक्त गरेका थिए। 

प्रकाशित: १२ आश्विन २०८२ १५:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App