परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उनीहरूबीच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेषगरी उनीहरूबीच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवर्द्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो।
साथै नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: ४ वैशाख २०८३ ०९:३२ शुक्रबार





