११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रचण्डको साथ छाडेका किराँतीको भावुक स्टाटसः फाँटी रहनेलाई टाली रहेर बाँच्न चाहिनँ

पूर्व माओवादी नेता एवं पूर्व मन्त्री सुदन किराँतीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई लक्षित गरी फाटिरहनेलाई टाली रहेर बाँच्न नचाहेको टिप्पणी गरेका छन्। जनार्दन शर्मासँगै रहेर पार्टी एकता प्रक्रियामा नगएका किराँतीले फेसबुकमा यस्तो टिप्पणी गरेका हुन्। 

‘फाटी रहनेलाई टाली रहेर बाँच्न चाहिनँ। त्यसैले आफैले आफैलाई भत्काउने साहस गरेँ,’ किराँतीले लेखेका छन्, ‘मलाई प्रेम गर्ने मेरो पूर्व साथीहरूलाई छोड्दा शरीरको अंग काटिएजस्तै भएँ। तर मलाई माफ गर।’ 

आफूसँग अर्को जुनी नभएकाले यही जुनीमा आमाको ऋण तिर्न एकतामा नगएको आशय उनले दिएका छन्। ‘म सँग अर्को जुनी छैन। यही जुनीमा सकेको आमाको ऋण तिर्नु छ। आफैलाई परीक्षित गर्नु छ। मान्छे हो माया त समयले बिर्साउँदै लैजाला तर छायाँ भने मनमा रहिरहने छ। बाईबाई,’ किराँतीले लेखेका छन्। 

प्रकाशित: २० कार्तिक २०८२ २०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App