१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

रास्वपा रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा समयमै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सरकारले सबै राजनीतिक दल, नयाँ शक्ति, पछिल्लो पुस्तासँग समन्वय गर्नुपर्ने बताए।

“व्यवस्थाको विषयमा अहिले बहस गर्नुपर्दैन, यही संविधानभित्र रहेर सङ्घीयतालाई अझ अब्बल र अझ राम्रो बनाउने हो, संविधान कार्यान्वयनको पाटोतर्फ बहस गर्नुपर्छ”, उनले भने, “हामीले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरिसकेका छौं।” 

प्रकाशित: १० कार्तिक २०८२ २१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App