१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते निर्वाचन हुने भएको छ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डिपी अर्यालले असोज १४ गते दिनको २ः०० बजे निर्वाचनको समय तोकेका हुन्।

उनले भने, ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिको निर्वाचनको लागि प्रतिनिधिसभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम यही असोज १४ गते दिनको २ बजेको समय तोकेको व्यहोरा जानकारी गराउँदछु।’

प्रकाशित: १२ आश्विन २०८३ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App