राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह र पार्टीका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं-३ का उम्मेदवार गणेश कार्कीबीच आज चुनावी छलफल भएको छ।
छलफल मोरङ-३ केन्द्रित चुनावी अभियान, जनसम्पर्क विस्तार तथा परिवर्तनमुखी सन्देशलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा केन्द्रित रहेको थियो।
स्रोतका अनुसार दुवै नेताले स्थानीयस्तरमा संगठन मजबुत पार्ने, मतदातासँग सिधा सम्पर्क स्थापित गर्ने र चुनावी एजेन्डा स्पष्ट पार्ने बताइएको छ।
प्रकाशित: ७ माघ २०८२ १४:३२ बुधबार





