१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका सदस्य आठ लाख

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ६ हजार पाँच सय २८ महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिले ६ हजार ५ सय २८ महाधिवेशन प्रतिनिधि चयन भएको जानकारी गराएको हो।

कांग्रेस विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पाँच हजार चार सय ४५ जना, प्रदेशसभा क्षेत्रीय सभापति तीन सय ३० जना र सात सय ५३ पालिका सभापति महाधिवेशन प्रतिनिधि हुन्छन्।

महाधिवेशन प्रतिनिधिमा विदेशस्थित नेपाली जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि प्रतिनिधित्व हुन्छ। आठ लाख ७० हजार क्रियाशील सदस्य रहेको जनाएको कांग्रेसले आन्तरिक विवादबिच असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ। यसैबिच बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ।  

प्रकाशित: १ आश्विन २०८३ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App