१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

इतिहास मेटाउने प्रयास कहिल्यै सफल हुँदैन : माधवकुमार नेपाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधवकुमार नेपालले आफ्नो निवास, पार्टी कार्यालय तथा ऐतिहासिक दस्तावेजमाथि भएको आगजनी र तोडफोडलाई नेपालको राजनीतिक इतिहासमाथिको आक्रमण भएको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्मान ग्रहणपछि बोल्दै नेपालले जेनजी आन्दोलनमा आफ्नो घरमा आगजनी हुँदा वर्षौंदेखि संकलन गरेका बहुमूल्य डायरी, दस्तावेज, पुस्तक तथा ऐतिहासिक सामग्री नष्ट गरिएको बताए। 

नेपालले नेकपा एमालेको पुस्तकालय र त्यहाँ रहेका दुर्लभ पुस्तकहरू आगजनीबाट नष्ट भएको र इतिहासका प्रमाणहरू मेटाउने प्रयास गरिएको भन्दै नेपालको राजनीतिक इतिहासका जीवित प्रमाण भएको बताए। 

प्रकाशित: १७ श्रावण २०८३ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App