२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

शिक्षामन्त्रीले भने- मन्त्रालयमा गतिलो टीम बनाउँदैछु, अनावश्यक फोन र म्यासेज नगर्नू

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमा एक गतिलो र सिर्जनशील टोली निर्माणमा व्यस्त रहेकाले केही दिनका लागि अनावश्यक फोन तथा म्यासेज नगरिदिन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

बुधबार उनले आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्। मन्त्री पुनले पदभार ग्रहण गरेदेखि नै आफ्नो मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौंको संख्यामा कल र सन्देशहरू आइरहेको बताएका छन्।

यही कारणले मन्त्रालयको महत्वपूर्ण काममा ध्यान केन्द्रित गर्न कठिनाइ भएको संकेत गर्दै उनले लेखेका छन्, ‘अनुरोध - अस्ती देखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आई रहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशिल टीम बनाउन व्यस्त छु। त्यसैले केहि दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला। धन्यवाद।’

मन्त्री पुन आफ्नो फरक कार्यशैलीका लागि परिचित छन्। मन्त्रालयमै बस्ने घोषणादेखि विश्वविद्यालयहरूलाई नतिजा प्रकाशनमा दिएको ३ महिने अल्टिमेटमसम्मका निर्णयले उनको चर्चा भइरहेको छ।

प्रकाशित: ८ आश्विन २०८२ १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App