१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा मन्त्री महावीर भन्छन् : अब आउने सरकार जेन–जीको बन्नु पर्छ

शिक्षा मन्त्री महावीर पुनले अब आउने सरकार जेन–जीको बन्नु पर्ने बताएका छन्। बुढो पुस्ताले देशलाई  समृद्ध बनाउन नसक्ने भन्दै उनले  सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।बानेश्वरमा गएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेर आएका पुनले अरूलाई पनि त्यसै गर्न आग्रह गरे  

‘१८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइ बहिनीहरूलाई अल्छी नगरीकन फाल्गुन २१ गतेको आम चुनावमा भाग लिनको लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब आउने सरकार जेन– जी पुस्ताको बन्नु पर्छ। भगवान् कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन। यो कुरा समयान्तरमा ध्रुव सत्य साबित भइसक्यो। लौ त भाइ बहिनीहरू भोटर लिस्टमा नाम लेखाउन गइहाल त।’

प्रकाशित: १८ कार्तिक २०८२ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App