कैलाली क्षेत्र नं १ बाट नेकपा एमालेले ४० वर्ष नकटेका युवालाई टिकट दिएको छ। जेन–जी आन्दोलनपछि कैलाली क्षेत्र नं १ बाट युवा नेता द्वारिका न्यौपानेलाई उम्मेदवार बनाएको हो। शनिवार बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
युवा नेता न्यौपाने यसअघि प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए। युवाहरुमाझ लोकप्रिय रहेका न्यौपाने कैलालीको विकास निर्माणमा केन्द्रीय तहबाट सहयोग गर्दै आएका छन्। उत्पादनलाई राजनीतिसँग जोड्नुपर्छ भन्दै अभियान शुरु गरेका न्यौपानेको उम्मेदवारी सिफारिसलाई सकारात्मक रुपमा लिइएको छ।
प्रकाशित: ४ माघ २०८२ ०८:४४ आइतबार





